ग्याजेट विशेष

२ जीबी वा कम RAM भएको स्मार्टफोनमा नयाँ संस्करणको एन्ड्रोइड नचल्ने !

  नागरिक   2020-07-26

२ जीबी वा सो भन्दा कम र्याम भएको एन्ड्रोइड स्मार्टफोनमा नयाँ एन्ड्रोइडको संस्करण अर्थात् एन्ड्रोइड ११ नचल्ने भएको छ ।

यसर्थ नयाँ रिलिज हुने हरेक एन्ड्रोइड ११ स्मार्टफोनमा २ जीबी भन्दा धेरै र्याम हुनु पर्ने भएको छ ।

२ जीबीभन्दा कम र्याम भएको खण्डमा उक्त एन्ड्रोइड स्मार्टफोनले एन्ड्रोइड ११ को सट्टा एन्ड्रोइड गो प्रयोग गर्नु पर्ने हुनेछ ।

यसै गरेर ५१२ एमबी र्याम भएको स्मार्टफोनको सपोर्ट पनि गुगलले आधिकारिक रूपमा बन्द गरेको छ । अबबाट ५१२ एमबी र्याम भएको कुनै पनि एन्ड्रोइड स्मार्टफोनमा गुगलका सेवाहरू चल्ने छैनन् ।

अहिलेसम्म रिलिज भएका २ जीबी वा कम र्याम भएको एन्ड्रोइड स्मार्टफोनलाई भने यो बन्देज लगाइएको छैन  ।

 एन्ड्रोइड गो गुगलको सस्ता र कम र्याम / स्टोरेजमा चल्नको लागि बनाइएको अपरेटिंग सिस्टम हो । एन्ड्रोइड गो को बारेमा पूरा जानकारी पढ्नका लागि यो लिंकमा क्लिक गर्नु होस् : के हो एन्ड्रोइड गो ?

 

यसमा तपाईको मत