ग्याजेट विशेष

“आइफोनभन्दा एन्ड्रोइड निकै सुरक्षित”

  नागरिक   2020-01-31

तपाईंले प्रयोग गरेको स्मार्टफोनले तपाईंको सम्पूर्ण जानकारीहरू राखेको हुन्छ । उक्त स्मार्टफोन असुरक्षित हुनु भनेको तपाईंको जानकारीहरू पनि असुरक्षित हुनु हो । कुन स्मार्टफोन र कुन अपरेटिंग सिस्टम सुरक्षित भन्ने विषयमा निकै धेरैअनुसन्धानहरू भइरहेको हुन्छ । यसरी नै फर्ट वोर्थ प्रहरी विभाग, अमेरिकाले एन्ड्रोइड स्मार्टफोनहरू आइफोनभन्दा निकै सुरक्षित रहेको निष्कर्ष निकालेको छ ।

भाइसले ( Vice) रेक्स काइसर नाम गरेको एक गुप्तचरसँग लिएको अन्तर्वार्तामा काइसरले आइफोनहरूबाट डेटा चोर्न अधिकांस एन्ड्रोइडहरूको तुलनामा निकै सजिलो भएको कुरा खुलाएका छन् । उनीका अनुसार अमेरिकी प्रहरीले अझै पनि कतिपय एन्ड्रोइड स्मार्टफोनहरूलाई ह्याक गर्न सकेको छैन जहाँ कि प्रहरीले आइफोनहरूबाट - पुरानो मोडल देखि नयाँसम्म - सजिलै ह्याक गरेर डेटा निकाल्न सक्छन्  ।

यसरी डेटा निकाल्ने सफ्वेयरको नाम सेलेब्राइट रहेको छ । यस सफ्टवेयर प्रयोग गरेर अमेरिकी प्रहरीहरूले अपराधिक कार्यहरूमा संलग्न व्यक्तिहरूको स्मार्टफोन बाट पासवर्ड बिना नै डेटा निकाल्ने गरेका छन् ।

“गत वर्षसम्म हामीले आइफोनलाई ह्याक गर्न सक्दैन थियौं । तर अहिले लगभग सबै आइफोनहरू सजिलै ह्याक गर्न सक्छौं तर अधिकांस एन्ड्रोइड स्मार्टफोनहरू ह्याक गर्न लगभग असम्भव जस्तै भएको छ” - काइसरले भाइससँगको अन्तर्वार्तामा बताए ।

स्मार्टफोनबाट डेटाहरू निकाल्न प्रयोग भएको सफ्टवेयरले गुगल पिक्सल, सामसंग ग्यालेक्सी एस ९ र हुवावे पी २० प्रोजस्ता स्मार्टफोनबाट कुनै पनि प्रकारको डेटाहरू निकाल्न सकेन । जहाँ कि उक्त सफ्टवेयरले आइफोन ११ प्रो ( iPhone 11 pro ) पनि डेटा सजिलै निकाल्न सक्यो । यसर्थ नयाँ मोडलको आइफोन पनि पुराना मोडलको एन्ड्रोइड स्मार्टफोनहरूभन्दा असुरक्षित रहेको छ ।

अधिकांस प्रयोगकर्ताहरूले आइफोनलाई सुरक्षित र ह्याक गर्न गाह्रो हुने स्मार्टफोन मान्न गर्दथे - तर एन्ड्रोइडको जगतमा भएको सेक्युरिटी सम्बन्धित सुधारका कारणले गर्दा अहिले आइफोनहरूभन्दा एन्ड्रोइडहरू निकै धेरै सुरक्षित रहेका छन् ।

गुगलले आफ्नो स्मार्टफोनहरूमा सुरक्षाका लागि प्रयोग गरेको टाईटान चिप निकै नै सुरक्षित साबित भएको छ । उक्त टाईटान चिपलाई ह्याक गर्न सक्नेलाई गुगलले १० लाख अमेरिकी डलर उपहार दिने व्यवस्था पनि मिलाएको छ । यसबाट पनि गुगलले आफ्नो स्मार्टफोनको सुरक्षाप्रति निकै नै धेरै ध्यान दिएको कुरा पुष्टि हुन्छ ।

सामसंगले पनि आफ्नो स्मार्टफोनहरूमा नक्स ( Knox ) सेक्युरिटी प्रदान गर्दै आएको छ । यसै गरेर अन्य एन्ड्रोइड स्मार्टफोन निर्माताहरूले पनि आफ्नै प्रकारको सेक्युरिटी तरिकाहरू आफ्नो स्मार्टफोनमा लगाएका छन् ।

स्रोत: Vice

 

यसमा तपाईको मत