ग्याजेट विशेष

लन्च भयो एन्ड्रोइड १० - यी स्मार्टफोनले पाए अपडेट

  नागरिक   2019-09-04

गुगलको स्मार्टफोन अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड १० आजको दिनबाट केही स्मार्टफोनहरूका लागि लन्च गरिएको छ । नयाँ एन्ड्रोइड संस्करणलाई गत वर्षसम्मको जस्तो मिठाइको नामको प्रयोगबाट नामकरण गरिएको छैन । अहिलेको संस्करण केवल एन्ड्रोइड १० का नामले चिनिने छ ।

सबैभन्दा पहिलेमा अपडेट पाउने स्मार्टफोनहरूमा गुगल कै पिक्सल ३ परेको छ । यसै गरेर इसेनसियल फोनले पनि एन्ड्रोइड १० को अपडेट पाएको छ । वानप्लस ७ र वानप्लस ७ प्रो ले पनि चाडैं नै बेटा अपडेट पाउने भएका छन् ।

अपडेट उपलब्ध गराइएका स्मार्टफोनका प्रयोगकर्ताहरूले सेटिंगको सिस्टमको सफ्टवेयर अपडेट विकल्पमा गएर आफ्नो स्मार्टफोनलाई नयाँ संस्करणमा अपडेट गर्न सक्नेछन् ।

गुगलले अहिलेसम्म रिलिज भएका सम्पूर्ण एन्ड्रोइड संस्करणहरूको नाममा मिठाइ वा गुलियो खाने कुराहरूको नाम प्रयोग गर्दै आएको थियो । बिगतको दशक देखि गुगलले अंग्रेजी बर्णमालाको तेस्रो अक्षर अर्थात् C बाट सुरु हुँदै सोह्रौं अक्षर P सम्म मिठाइको नामहरू प्रयोग गर्दै आएको थियो । यो परम्परा यस वर्ष एन्ड्रोइड १० अर्थात् एन्ड्रोइड Q सँगै तोडिने भएको छ ।

एन्ड्रोइडको नयाँ संस्करणमा भएका फिचरहरू

१. प्राइभेसीका लागि नयाँ फिचरहरु
२. फोल्ड गर्न मिल्ने स्मार्टफोनका लागि बनेको
३. शेयर गर्ने सर्टकर्टमा सुधार
४. नयाँ सेटिंग प्यानल
५. ब्लुतुथ, वाईफाई र डेटाको स्थानीय सुरक्षामा गुगलले सुधार
६. वाईफाईको नयाँ स्तरको लागि पनि सपोर्ट
७. उच्च ग्राफिक गेमहरु निर्माण गर्नका लागि गेम डेभलोपरले एन्गल
९. एपहरु २० प्रतिशतसम्म चाडै खुल्ने
१०. र्याम पनि पहिलेको तुलनामा कम प्रयोग गर्ने

कुन कुन स्मार्टफोनले एन्ड्रोइड १० पाउने निश्चित ?

सामसंग:

        सामसंग ग्यालेक्सी Fold
        सामसंग ग्यालेक्सी S10e/S10/S10+
        सामसंग ग्यालेक्सी S9/S9+
        सामसंग ग्यालेक्सी Note 9
        सामसंग ग्यालेक्सी A9 (2018)
        सामसंग ग्यालेक्सी A7 (2018)
        सामसंग ग्यालेक्सी A6 (2018)/A6+ (2018)
        सामसंग ग्यालेक्सी A80
        सामसंग ग्यालेक्सी A70
        सामसंग ग्यालेक्सी A60
        सामसंग ग्यालेक्सी A50
        सामसंग ग्यालेक्सी A40
        सामसंग ग्यालेक्सी A30
        सामसंग ग्यालेक्सी A20
        सामसंग ग्यालेक्सी A20e
        सामसंग ग्यालेक्सी A10
        सामसंग ग्यालेक्सी J6/J6+
        सामसंग ग्यालेक्सी J8/J8+
        सामसंग ग्यालेक्सी M10
        सामसंग ग्यालेक्सी M20
        सामसंग ग्यालेक्सी M30
        सामसंग ग्यालेक्सी M40
        सामसंग ग्यालेक्सी Tab S4
        सामसंग ग्यालेक्सी Tab S5e
        सामसंग ग्यालेक्सी Tab A 10.1 (2019)
        सामसंग ग्यालेक्सी Tab A 10.5 (2018)

हुवावे:

        हुवावे पी 30 प्रो
        हुवावे पी 30
        हुवावे पी 30 Lite
        हुवावे मेट  20 प्रो
        हुवावे मेट  20
        हुवावे मेट  20X 5G
        हुवावे पी 20 प्रो
        हुवावे पी 20
        हुवावे पी Smart 2019
        हुवावे पी Smart+ 2019
        हुवावे पी Smart Z

सायोमी:

    सायोमी Mi 9
    रेड्मी K20 प्रो
    सायोमी Mi 8
    सायोमी Mi MIX 2S
    सायोमी Mi MIX 3
    रेड्मी K20
    रेड्मी Note 7
    रेड्मी Note 7 प्रो
    सायोमी Mi 9SE

वानप्लस:

    वानप्लस 5
    वानप्लस 5T
    वानप्लस 6
    वानप्लस 6T
    वानप्लस 7
    वानप्लस 7 प्रो

यहाँ उल्लेख गरिएको स्मार्टफोनहरूले निश्चित रुपमा एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने छन् । यस लगायत पनि एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू थुप्रै छन् र स्मार्टफोन निर्माताहरूबाट जानकारी प्राप्त भएसँगै यो सूची पनि अपडेट हुनेछ ।

 

यसमा तपाईको मत