कभर स्टोरी

अपर तामाकोशीको साधारण सभा असोजमा हुने

  नागरिक   2021-09-13

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीले असोज १९ गते बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले नेपाल विद्युत प्राधिकरण, दरबारमार्गमा बिहान ११ः३० बजे सभा राखेको छ। सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ।

सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिनन सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ।

दुबै आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
 

यसमा तपाईको मत