ग्याजेट विशेष

ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक

  नागरिक   2019-09-23

काठमाडौं-ओपोले नेपालमा ओपो ए-सिरिज २०२० आज आधिकारिकरुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो ए-नाइन २०२० र ओपो ए-फाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारमा ल्याएको हो । उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन जी यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने , “नयाँ नामले आउने दशकका लागि हाम्रो भिजनको प्रतिनिधित्वपनि गर्छ । यसले ब्राण्डका अत्याधुनिक प्रविधिहरु, आकर्षक डिजाइन, उत्कृष्ट फोटोग्राफी, शक्तिशाली कार्यक्षमताको प्रतिनिधित्व गर्नुका साथै अझ सटिकरुपमा नयाँ पुस्ताका मागको सम्बोधन पनि गर्छ ।” ए सिरिज २०२० अन्तर्गतका यी दूई नयाँ मोडलले ओपोका लागि पछिल्ला संस्करणका तुलनामा अझ बढी सम्भावनाका ढोकाहरु समेत खुल्ला गरिदिएको उनले बताएको जानकारी गराएको छ।

अत्याधुनिक क्यामेरा प्रविधि

ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा-वाइड लेन्स + २एमपी मोनो लेन्स + २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ । तर यसमा भने, १२एमपी मुख्य क्यामेरा जडान गरिएको छ । यसले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँने जनाएको छ।

एनाइन २०२०मा रहेको ४८एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरिय तस्विर लिन सघाउँछ । ८एमपी ११९डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्विरको समायोजन र अभिब्यक्ति मार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला शट्स लिन सघाउँछ । मोनो लेन्स र पाट्रेट लेन्सले प्रयोगकर्तालाई पाट्रेट शट्समा रेट्रो, ग्रेनी र एट्मोस्फेरिक फिल्टर्स लगायतको प्रयोग गर्ने सुविधा मार्फत पृथक तस्विर खिच्ने सुविधा रहेको जनाएको छ।

यसमा तपाईको मत