ग्याजेट विशेष

ओपो रेनोटू एफ र डल्बीको संयोजन

  नागरिक   2019-12-02

काठमाडौँ- मिडिया, सृजनशिलता, मनोरञ्जन लगायतका लागि ओपो रेनोटू एक प्रिमियर सिरिज हो ।  रेनोटू एफमा प्रयोगकर्तालाई उत्कृष्ट श्रब्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, ब्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत अडियो फिचर्सको ब्यवस्था गरिएका छन् । रेनोटू एफमा उपलब्ध गरिएको उत्साहजनक डल्बी एट्मसले प्रयोगकर्ता (श्रोता)लाई जीवन्त श्रब्य अनुभव प्रदान गर्छ ।

डल्बी एट्मसले प्रयोगकर्तालाई पूर्णरुपमा आवाजको संसारमा भुलाउने क्षमता भएको डिजिटल सराउण्ड साउन्ड मार्फत  शक्तिशाली श्रब्य अनुभव प्रदान गर्छ । यसले प्रेसित गर्ने आवाजको गुणस्तर अविश्वसनियरुपमा स्पष्ट हुनुका साथै श्रोतालाई पहिले सुन्न नसकिएका विस्तृत आवाज समेत सुन्न सघाउँछ । डल्बी एट्मसको डायलग ईन्हेन्समेन्ट, भोल्यूम लेभलिङ र भर्चुअलाईज्ड ईमर्सिभ अडियो लगायत सुविधाले प्रयोगकर्तालाई सर्वोत्तम श्रब्य अनुभव प्रदान गर्ने कम्पनीद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

डल्बी एट्मसले प्रदान गर्ने सराउण्ड साउन्ड ईमर्सनको उत्कर्षले प्रयोगकर्तालाई आफैँ वास्तविक रुपमा भर्चुअल संसारमै भएको झैँ जीवन्त अनुभव लिन सघाउँछ । सुदृढ लाउडनेस, स्पष्ट वाक  तथा नियन्त्रित ब्याकग्राउण्ड नोइज लगायत विशेषगरी मोबाइल प्रयोगकर्ताहरुका लागि उपयुक्त र अत्यावश्यक फिचर्सहरु डल्बी एट्मसमा उपलब्ध रहेका कम्पनीले जनाएको छ।

तिब्र गतिमा आवाज पहिचान गर्दै सुधार उपलब्ध गराउने तथा ईमर्सिभ डल्बी एट्मस सराउण्ड साउन्डको संयुक्त मिश्रण मार्फत रेनोटू एफमा उपलब्ध डल्बी एट्मसले मोबाइल गेमिङलाई नयाँ उचाई प्रदान गरेको छ । यसले सम्प्रेषण गर्ने आवाज स्पष्ट र जीवन्त हुनुका साथै, जीवन्त श्रब्य अनुभव प्रदान गर्ने सोचका साथ डायलग स्वचालितरुपमा वर्धित गराउने तथा आवाजको तिब्रता समेत समान बनाउने फिचर्स पनि उपलब्ध छन् । आवाज प्रशोधनका लागि लाग्ने समयमा सुदृढिकरण प्रस्तुत गर्दै यसले दृष्यमा देखिएको कार्य र आवाजका विच कुनै फरक रहन नदिइ उत्कृष्ट श्रब्य तथा दृष्य अनुभव पस्कन्छ । 

सराउण्ड साउन्ड ईफेक्टमा सटिकता दिँदै गनशट जस्ता आवाजको  नजिक तथा टाढाबाट चलेका अवस्था सहजै छुटाउन सघाउने यस्ता प्रविधिले प्रतिस्पर्धात्मक खेलहरुमा विशेष सघाव पुर्याउने उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ।

ओपो रेनोटू एफमा उत्कृष्ट मोबाइल अनुभव प्रदान गर्न ४ विशेष अडियो मोडको ब्यवस्था गरिएका छन् । फोनमा रहेको स्मार्ट मोडले चलिरहेका अडियो एप्लिकेसनमा आफ्नो नियन्त्रण बनाउन सघाउँछ । त्यसैगरी, मुभी, गेमिङ र म्यूजिक मोड सबैमा क्रमैसंग प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार सटिक नियन्त्रण जमाउन सकुन् भन्ने तिर विशेष ध्यान दिइएको कम्पनीद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत