ग्याजेट विशेष

६४ मेगापिक्सलको क्यामरा भएको स्मार्टफोन !

  नागरिक   2019-07-25

चाइनिज कम्पनी सायोमीको उप-ब्राण्ड रेड्मीले चांडै नै बजारमा ६४ मेगापिक्सल रेजोलुसनको क्यामरा भएको स्मार्टफोन रिलिज गर्ने भएको छ । यस जानकारीलाई रेड्मीले चाइनिज सामाजिक संजाल विईबो मार्फत सार्वजनिक गरेको हो । हालसम्म स्मार्टफोन जगतमा देखिएको सबैभन्दा धेरै मेगापिक्सलको क्यामरा नै यस रेड्मी स्मार्टफोनमा हुनेछ । अहिलेको लागि सबैभन्दा धेरै मेगापिक्सलको क्यामरा भएको स्मार्टफोनमा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ । रेड्मीको निकै प्रचलित बजेट स्मार्टफोनहरू - रेड्मी नोट ७ र रेड्मी नोट ७ प्रो मा पनि सोही ४८ मेगापिक्सलको रेजोलुसन भएको क्यामरा राखिएको छ ।

चाइनिज सामाजिक संजालको पोस्ट अनुसार उक्त ६४ मेगपिक्सलको रेजोलुसनलाई टक्कर दिने कुनै पनि स्मार्टफोन क्यामरा बजारमा उपलब्ध छैन । उक्त ६४ मेगापिक्स्लको क्यामराले २० मेगाबाइटसम्मको साइज भएको तस्विर खिच्न सक्नेछन् । रेड्मी नोट ७ र नोट ७ प्रोमा भएको ४८ मेगापिक्सलको क्यामराले १६ मेगाबाइटसम्मको साइज भएको तस्विर खिच्ने गर्दछ ।

रेड्मी नोट ७ र नोट ७ प्रोमा बएको ४८ मेगापिक्सको क्यामराले पिक्सल बिनिंग प्रविधिबाट ४८ मेगापिक्सलको तस्विरलाई घटाएर १२ मेगापिक्सलसम्म घटाउछ । यसै गरेर नै नयाँ आउने भनिएको ६४ मेगापिक्सलको क्यामरामा पनि क्वाड बेयर सेन्सर र पिक्सल बिनिंग प्रविधि प्रयोग गरिने धेरै सम्भावना रहेको छ । यस प्रविधि प्रयोग भएको खण्डमा नयाँ ६४ मेगापिक्सलको क्यामरा भएको रेड्मी स्मार्टफोनले पनि केवल १६ मेगापिक्सलको साइजको तस्विर खिच्न सक्षम हुनेछ । रेड्मी नोट सिरिजको क्यामराले खिच्ने तस्विर र नयाँ ६४ मेगापिक्सल क्यामराले खिच्ने तस्विरको साइजमा खासै धेरै फरक नभएकाले पनि नयाँ आउने सेन्सरमा पक्कै पनि पिक्सल बिनिंग प्रविधि नै प्रयोग गरिनेछ भनेर अनुमान लगाउन सकिन्छ ।

धेरै मेगापिक्सल हुँदैमा क्यामराको गुणस्तर आँफै राम्रो नहुने कुराको जानकारी हामीले विभिन्न लेखको सहयोगबाट दिँदै आएका छौँ । मेगापिक्सलको अर्थ के हो र धेरै मेगापिक्सलको क्यामराको जगतमा कतिको महत्त्व हुन्छ भन्ने कुराको जानकारी लिनका लागि यस लिंकमा क्लिक गर्नुहोस् : मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

 

यसमा तपाईको मत