ग्याजेट विशेष

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

    2018-10-05

टाइट बजेटमा हुनुहुन्छ ? स्मार्टफोनका लागि अधिकमा १८ हजार रुपैयाँसम्म मात्र खर्च गर्न सक्नुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | फ्ल्याग्शिप स्मार्टफोनको तुलनामा बजेट स्मार्टफोनका विविध कुरामा कटौती गरिए पनि साधारण दैनिक कार्यका लागि यी स्मार्टफोन पर्याप्त हुन्छन् | नेपाली बजारमा उपलब्ध भएका र लगभग १८ हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ | स्मार्टफोनको हालको बजार मूल्यका आधारमा यो सूची निर्माण गरिएको हो |

१. हुवावे Y6 २०१८

अहिले खुबै प्रचलनमा आएको १८:९ अनुपातको डिस्प्ले राखिएको यो बजेट स्मार्टफोन निकै आकर्षक छ | नेपाली बजारमा हुवावे Y6 Prime का नामले पनि चिनिने यस मोडलको बजार मूल्य लगभग १५,५०० रुपैयाँ छ | यस स्मार्टफोनमा २ GB RAM र पुरानो Snapdragon 425 प्रोसेसर राखिएको छ | मेमोरी कार्डमार्फत बढाउन मिल्ने १६ GB आन्तरिक स्टोरेज छ | यो स्मार्टफोन Android 8.0 मा चल्छ |

नेपाली बजार मूल्य : १५,५००/–

यस स्मार्टफोनको बलियो पक्ष   यस स्मार्टफोनको कमजोर पक्ष
आकर्षक डिजाइन    फिंगरप्रिन्ट स्क्यानर छैन
फूल स्क्रिन १८:९ डिस्प्ले   पुरानो र स्लो प्रोसेसर : Snapdragon 425
राम्रो क्यामरा : मुख्य - १३ MP, PDAF र  सेल्फी : ५ MP   डिस्प्लेमा प्रोटेक्सन छैन
फ्रन्ट फ्ल्यास     मात्र २ GB  RAM

 
 

२. जियोनी S11 लाइट

गत वर्ष रिलिज हुँदाको समयमा जियोनी S11 लाइटको मूल्य केही महँगो राखिएको भए पनि अहिले घटेको छ | यस स्मार्टफोनमा पनि अहिले खुबै प्रचलित भएको डबल क्यामरा र १८:९ अनुपातको डिस्प्ले प्रयोग गरिएको छ तर पनि माथिल्लो र तल्लो बेजेल भने ठूलो नै छ | मज्जाले टल्किने सिसाबाट बनेको पछाडीपट्टिको भाग हेर्दा निकै आकर्षक छ |  यही रेन्जका अन्य स्मार्टफोनमा भन्दा धेरै र्याम र स्टोरेज यस फोनमा राखिएको छ |

नेपाली बजार मूल्य : १५,८००/–

 

यस स्मार्टफोनको बलियो पक्ष    यस स्मार्टफोनको कमजोर पक्ष
आकर्षक सिसाको डिजाइन र फूल स्क्रिन १८:९ डिस्प्ले    डिस्प्लेमा प्रोटेक्सन छैन

पर्याप्त भण्डारण र RAM - 4 GB RAM,32 GB आन्तरिक स्टोरेज र मेमोरी कार्ड लाग्ने

पुरानो र आउटडेटेड एन्ड्रोइड : Android 7.1 (Nougat)
डबल मुख्य क्यामरा - १३ MP, f/2.2, AF र  २ MPको depth sensor क्यामरा
सेल्फी क्यामरा - १६ MP 
औसत परफरमेन्स : Snapdragon 430 प्रोसेसर
फास्ट फिंगरप्रिन्ट स्क्यानर      



३. ग्यालेक्सी J4

सामसुंगले यसै वर्ष निकालेको बजेट स्मार्टफोन हो  ग्यालेक्सी J4 | अलिक महँगो J6 मा भएका प्रोसेसर र अन्य आन्तरिक कुरा र सस्तो J2 को डिजाइन मिसाएर बनाइएको यो स्मार्टफोन बजेट कम भएकाका लागि निकै आकर्षक प्याकेज हो | अहिले प्रचलनमा आएको १८:९ डिस्प्ले  र डबल क्यामरा नभए पनि यस स्मार्टफोनले आधारभूत कुराहरुलाई राम्रोसँग समेटेको छ | मुख्य क्यामरा १३ मेगापिक्सलको छ भने ५ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ |

नेपाली बजार मूल्य : १६,५००/-

 

यस स्मार्टफोनको बलियो पक्ष   यस स्मार्टफोनको कमजोर पक्ष
निकै राम्रो AMOLED प्रविधि प्रयोग गरिएको डिस्प्ले  मात्र २ GB RAM
राम्रो ब्याट्री लाइफ - ३००० mAhको ब्याट्री आउटडेटेड डिजाइन
फास्ट Exynos 7570 प्रोसेसर डिस्प्लेमा प्रोटेक्सन छैन
फ्रन्ट फ्ल्यास   फिंगरप्रिन्ट स्क्यानर छैन

        
 

४. नोकिया ५

नोकिया ५ लाई थोरै बजेटमा आउने सबैभन्दा आकर्षक स्मार्टफोन मान्न सकिन्छ | एल्मुनियमबाट बनेको यो स्मार्टफोनको बनोट आकर्षकका साथै निकै बलियो पनि छ | नोकियाका हरेक नयाँ स्मार्टफोन  एन्ड्रोइड वान प्रोग्रामसँग आबद्ध रहेकाले नोकिया ५ ले पनि लामो समयसम्म द्रुत अपडेटको फाइदा उठाउन सक्नेछ | अगाडी १६:९ अनुपातको ७२० पिक्सेल डिस्प्ले राखिएको छ जसको मुनिपट्टि फास्ट फिंगरप्रिन्ट स्क्यानर पनि छ |

नेपाली बजार मूल्य : १७,०००/-

यस स्मार्टफोनको बलियो पक्ष   यस स्मार्टफोनको कमजोर पक्ष
निकै आकर्षक डिजाइन  औसत परफरमेन्स : Snapdragon 430 प्रोसेसर
बलियो निर्माण गुणस्तर मात्र २ GB RAM
लेटेस्ट एन्ड्रोइडको संस्करण पाउने औसत क्यामरा : १३ MP मुख्य र ५ MP सेल्फी
राम्रो ब्याट्री लाइफ : ३००० mAhब्याट्री    

   
    
    
 

५. सायोमी रेड्मी ६

चिनियाँ कम्पनी सायोमीले निकै लामो समयदेखि थोरै रकममा पनि अब्बल परफरमेन्स, क्यामरा र गुणस्तर भएका स्मार्टफोन बिक्री गर्दै आएको छ | रेड्मी सिरिज सायोमीको निकै प्रचलित बजेट स्मार्टफोन सिरिज हो | निकै ट्रेन्डमा आएको १८:९ अनुपातको ५.४५ इन्चको  डिस्प्ले राखेर बनाइएको यो स्मार्टफोन हेर्दा आकर्षक छ |

नेपाली बजार मूल्य : १६,५००/- ( ३ जीबी र्याम , ३२ जीबी स्टोरेज )

यस स्मार्टफोनको बलियो पक्ष यस स्मार्टफोनको कमजोर पक्ष
राम्रो डिस्प्ले : ७२०p १८:९ अनुपातको औसत ब्याट्री लाइफ : ३००० mAh ब्याट्री

डबल क्यामरा : १२ MP मुख्य क्यामरा र ५ MP डेप्थ सेन्सर , ५ MP सेल्फी क्यामरा

डिस्प्लेमा प्रोटेक्सन छैन
फास्ट प्रोसेसर : Helio P22 

 

फास्ट फिंगरप्रिन्ट स्क्यानर   

        
    
   

 

यसमा तपाईको मत