ग्याजेट विशेष

ह्याकिंगबाट बच्ने सबैभन्दा भरपर्दो उपाय !

  नागरिक   2020-01-04

सामाजिक संजालको अकाउन्ट ह्याक हुने देखि बैंकको अकाउन्ट ह्याक हुने जोखिमहरू इन्टरनेटको प्रयोगको वृद्धिसँगै बढ्दो क्रममा छ । तर यस्ता ह्याकिंगबाट बच्नका लागि सबैभन्दा भरपर्दो तर सजिलो उपाय हो Two Factor Authentication अर्थात् दुई चरण प्रमाणीकरण प्रणालीको प्रयोग ।

टु फ्याक्टर अथेन्टिकेसनले तपाईंको मोबाइल नम्बर वा इमेल एड्रेस र तपाईंको सामाजिक संजालको अकाउन्टलाई एकआपसमा लिंक गर्छ । यसर्थ कुनै नयाँ डिभाइस, स्मार्टफोन वा ब्राउजरबाट तपाईंको सामाजिक संजालमा लग इन गर्न खोज्दा तपाईंको नम्बर वा इमेल एड्रेसमा Confirmation Code अर्थात् पुष्टिकरण नम्बर आउने छ । उक्त नम्बर अथवा कोडलाई नयाँ डिभाइस, स्मार्टफोन वा ब्राउजरमा नहाल्दा सम्म तपाईंको अकाउन्ट खोल्न सम्भव हुने छैन ।  यसले गर्दा तपाईंको पासवर्ड कसैले थाह पाइहाल्यो भने पनि तपाईंको सामाजिक संजाल खोल्न सक्ने छैन ।

लगभग सम्पूर्ण सामाजिक संजालहरूले टु फ्याक्टर अथेन्टिकेसनको विकल्प राखेका हुन्छन । बैंक सम्बन्धित अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसन अनिवार्य रुपमा सुचारु गरिएको हुन्छ । कुनै कुनै वेबसाइट वा सेवाहरूले गुगल अथेन्टिकेटर जस्ता एपहरूबाट पनि दुई चरणको प्रमाणीकरण विधीलाई अपनाएको पाइन्छ ।

फेसबुकमा दुई चरणको प्रमाणीकरण सुचारु गर्नका लागि Security and Login Settings मा गएर Use Two-Factor Authentication भन्ने विकल्प चयन गर्नुहोस् । यसपछि नयाँ स्थानमा फेसबुक लग-इन गर्नु अगाडी तपाईंको दर्ता भएको नम्बरमा  पुष्टिकरण कोड आउने छ । गुगल, इन्स्टाग्राम, ट्वीटर, लिंकडइन आदि जस्ता सामाजिक संजालहरूमा पनि सेटिंगको सेक्युरिटीमा गएर टु फ्याक्टर अथेन्टिकेसन सुचारु गर्न सकिन्छ ।

हालै गुगलद्वारा गरिएको एक सर्वेक्षण अनुसार टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गरेका अकाउन्टहरू अटोमेटेड इन्टरनेट बोटको आक्रमणबाट १०० प्रतिशत सम्म सुरक्षित छन भने अन्य साइबर आक्रमणबाट ९० प्रतिशतसम्म सुरक्षित छन्  ।  

सबै अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसन सुचारु नगरे पनि निम्न कुराहरूमा भने टु फ्याक्टर अथेन्टिकेसन सधैं सुचारू गर्नुहोस् :

१.  बैंकको एप्समा
२. सामाजिक संजालमा
३. मुख्य इमेल एड्रेसमा


स्रोत : सेक्युरिटी गुगल ब्लग

 

यसमा तपाईको मत