ग्याजेट विशेष

२७ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक !

  नागरिक   2019-12-22

संसार कै सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकको डेटा चोरी हुनु र दुरुपयोग हुनु केही नौलो हुन छाडिसकेको छ । अहिले पनि २७ करोड फेसबुक प्रयोगकर्ताहरूको डेटा लिक भएको छ । साइबर सेक्युरिटी कम्पनी कम्पेरीटेकका अनुसार उक्त कम्पनीले २७ करोडवटा फेसबुक प्रयोगकर्ताको डेटाबेस भेटिएको छ जसमा प्रयोगकर्ताहरूको युजर आइ डी, मोबाइल नम्बर र नामहरू समावेश गरिएका छन् ।

कम्पेरीटेकका अनुसार लिक भएको डेटाबेसमा कुनै पनि सुरक्षा विधि अपनाइएको थिएन जसले गर्दा उक्त डेटाबेस इन्टरनेटमा खुलेआम रुपमा उपलब्ध भएको छ ।

यो डेटा लिकको मुख्य जड भने भिएतनामको डेटा चोर्ने गिरोह समुह रहेको दाबी कम्पेरीटेकका अनुसन्धानकर्ता बब डाइसेन्कोले गरेका छन् । लिक भएको डेटालाई विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले पनि ब्लक नगरेको र २ हप्ताका लागि उक्त डेटा खुलेआम रुपमा डाउनलोड गर्नका लागि उपलब्ध गरिएको थियो ।

योभन्दा अगाडी फेसबुकको ३ करोड प्रयोग कर्ताको डेटा चोरी भएको थियो । सोभन्दा अगाडी ४२ करोड फेसबुक प्रयोगकर्ताको डेटा पनि दुरुपयोग भएको भेटिएको थियो ।

लिक भएको डेटामा प्रयोगकर्ताको मोबाइल नम्बर पनि समावेश गरिएका हुनाले यसको उच्च  दुरुपयोग हुन सक्ने सम्भावना रहेको छ । कम्पेरीटेकका अनुसार फेसबुकमा सुरक्षित रहनका लागि प्रयोगकर्ताले आफ्नो पोस्ट र प्रोफाइललाई साथीहरू बीचमात्र देखिने बनाउन सुझाव दिएको छ ।

केही साता अगाडी पनि फेसबुकको कर्मचारीहरूको तलब विवरण चोरी भएको थियो ।

यदि तपाईं पनि आफ्नो फेसबुक कसरी सुरक्षित गर्ने भन्ने कुरा जान्न चाहनुहुन्छ भने हाम्रो यस लेखमा जानुहोस् :

ह्याक नहोस् फेसबुक, सुरक्षाका लागि यस्तो गर्नुहोस्

 

यसमा तपाईको मत