ग्याजेट विशेष

२०१९ को नम्बर १ आइफोन गेम !

  नागरिक   2019-12-03

एप्पलले २०१९ मा आइफोनका सबैभन्दा धेरै प्रचलित एप र गेमहरूको सूची सार्वजनिक गरेको छ । यस सूचीमा पुरानो नाम चलेका गेमहरू देखि यही वर्ष रिलिज भएका नयाँ र नौला गेमहरू पनि परेका छन् ।

यो वर्षको लागि सबैभन्दा धेरै डाउनलोड हुने गेममा जापानीज कम्पनी निन्टेन्डोको मारीओ कार्ट टुर परेको छ । रिलिज भएको केवल २ महिना भएपनि यो एपले वर्षभरको सबै डाउनलोड रेकर्डहरू तोड्न सफल भएको छ । नि:शुल्कका उपलब्ध यस गेम गुगलको प्ले स्टोरबाट पनि डाउनलोड गर्न सकिन्छ । ढिलै रिलिज भएर पनि फोर्टनाइट र पब्जी जस्ता पहिलेबाट नै प्रचालित रहेका गेमहरूलाई पछि पार्दै मारीओ कार्ट टुर २०१९ को नम्बर १ आइफोन गेम बनेको छ ।

आइफोनमा सबैभन्दा धेरै डाउनलोड भएका नि:शुल्क गेमहरूको सूची यस प्रकारको रहेको छ :

  • Mario Kart Tour
  • Color Bump 3D
  • aquapark.io
  • Call of Duty: Mobile
  • BitLife - Life Simulator
  • Polysphere - art of puzzle
  • Wordscapes
  • Fortnite
  • Roller Splat!
  • AMAZE!!

यसै गरेर पैसा तिरेर खरिद गर्नु पर्ने गेमहरूमा सबैभन्दा धेरै पटक डाउनलोड भएको गेमहरूको सूची यस प्रकारको रहेको छ :

  • Minecraft
  • Heads Up!
  • Plague Inc.
  • Bloons TD 6
  • Geometry Dash
  • Rebel Inc.
  • The Game of Life
  • Stardew Valley
  • Bloons TD 5
  • Grand Theft Auto: San Andreas

 

स्रोत: एप्पल

 

यसमा तपाईको मत