ग्याजेट विशेष

१६ वटा क्यामरा भएको स्मार्टफोन

  नागरिक   2018-11-27

कोरियन कम्पनी एलजीको नयाँ प्याटेन्ट अनुसार उक्त कम्पनी १६ वटा क्यामरा भएको स्मार्टफोन रिलिज गर्ने तैयारीमा छ | यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | यसरी ४x४ को ग्रिडमा राखिएको क्यामराहरुले बेग्ला बेग्लै कोणबाट तस्विरहरु खिच्ने छन् र सफ्टवेयरले उक्त तस्विरहरुलाई मिलाउने छ |

एक वा बढी संख्यामा क्यामराको प्रयोग गर्ने ट्रेन्ड नयाँ कुरा होइन | तर एकै पटक १६ वटा क्यामरा - त्यो पनि स्मार्टफोनमा प्रयोग गर्नु चाहिँ आश्चर्यको कुरा हो |

एचटिसिले पहिलो पटक दुईवटा क्यामरा भएको स्मार्टफोन निर्माण गरेको थियो | एप्पलले पनि आइफोन ७ प्लसमा दुईवटा क्यामराको प्रयोग गरेको थियो | हुवावेले आफ्नो फ्ल्याग्शिप हुवावे पी २० प्रोमा तीनवटा क्यामराको प्रयोग गरेर क्यामराको संख्या बढाउने प्रतिष्पर्धालाई अघि बढाएको थियो | यहि दौडमा सामसंगले पनि चारवटा क्यामरा भएको ग्यालेक्सी ए ९ रिलिज गर्यो | नोकियाको नयाँ आउने फ्ल्याग्शिप स्मार्टफोनमा पनि पाचवटा क्यामरा हुने लगभग निश्चित जस्तो भैसकेको छ | सामसंगको नयाँ आउने फ्ल्याग्शिप ग्यालेक्सी एस १० मा तीनवटा देखि छवटासम्म क्यामरा हुन सक्ने कुराको हल्ला प्रविधिको जगतमा फैलिएको छ | यो क्यामराको संख्या बढाउने दौड कहिले र कतिमा रोकिन्छ भन्ने कुराको भने केहि टुंगो छैन |

 

यसमा तपाईको मत