ग्याजेट विशेष

युट्युबले एक वर्षमा कति कमाउछ ?

  नागरिक   2020-04-21

संसार कै सबैभन्दा ठूलो र प्रचलित भिडियो प्ल्याटफर्म युट्युबले पहिलोपटक आफ्नो वार्षिक कमाइलाई सार्वजनिक गरेको छ । यसभन्दा अगाडी युट्युबले आफ्नो वार्षिक कमाइ सर्वसाधारणका लागि सार्वजनिक गर्दैन थियो ।

गत वर्ष अर्थात् सन् २०१९ मा युट्युबले १५ अर्ब डलर बराबरको कमाइ गर्न सफल भएको छ । उक्त मूल्यलाई नेरूमा रुपान्तरण गर्दा १५ खर्बभन्दा पनि बढी हुन पुग्छ ।

स्थापनाको १५ वर्ष पछि युट्युबले पहिलो पटक आफ्नो वार्षिक कमाइलाई सार्वजनिक गरेको हो । सन् २०१८ मा गुगलले युट्युब मार्फत ११.२ अर्ब अमेरिकी डलर कमाउन सफल भएको थियो । यसर्थ, यो वर्ष युट्युबको कमाइ लगभग ३७ प्रतिशतले बढेको छ ।

युट्युबबाट भएको कमाइ गुगलको कुल कमाइको १०% प्रतिशत रहेको छ । यसर्थ गुगलले युट्युबबाटभन्दा पनि अन्य सेवाहरू - जस्तै गुगल सर्च, एन्ड्रोइडबट नै धेरै पैसा कमाएको छ । गुगल सर्चले गत वर्ष मात्र ९८.१ अर्ब अमेरिकी डलर कमाउन सफल भएको छ - जुन गत वर्षको तुलनामा १५ प्रतिशतले बढेको हो । कम्पनीले गत वर्ष मात्र १०.७ अर्ब अमेरिकी डलर बराबरको फाइदा गर्न सफल भएको छ ।

गुगलका अनुसार युट्युब प्रिमियमको प्रयोगकर्ता संख्या २ करोड रहेकाछन् । युट्युब प्रिमियम भनेको युट्युबको प्रचार रहित संस्करण हो जसका लागि प्रयोगकर्ताले मासिक शुल्क तिर्नु पर्ने हुन्छ । युट्युबको आफ्नै प्रिमियम टिभीका प्रयोगकर्ताको संख्या २० लाख रहेको छ ।

 

 

यसमा तपाईको मत