ग्याजेट विशेष

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

  नागरिक   2020-05-04

टाइट बजेटमा हुनुहुन्छ ? स्मार्टफोनका लागि अधिकमा २० हजार रुपैयाँसम्म मात्र खर्च गर्न सक्नुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् । फ्ल्याग्शिप स्मार्टफोनको तुलनामा बजेट स्मार्टफोनका विविध कुरामा कटौती गरिए पनि साधारण दैनिक कार्यका लागि यी स्मार्टफोन पर्याप्त हुन्छन् । नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ । स्मार्टफोनको हालको बजार मूल्यका आधारमा यो सूची निर्माण गरिएको हो ।

१. रेड्मी नोट ८

यो मूल्य दायरामा आउने एन्ड्रोइड स्मार्टफोनहरू मध्ये सम्भवतः सबैभन्दा उत्कृष्ट मान्न सकिने स्मार्टफोन हो रेड्मी नोट ८ । फिचर, लुक्स, क्यामरा गुणस्तर, ब्याट्री लाइफ र स्पिडको सहि तालमेल मिलेको स्मार्टफोन हो रेड्मी नोट ८ । फुल एच डी डिस्प्ले, युएसबी सी फास्ट चार्ज र चारवटा क्यामरा नै यस मोडलको मुख्य विशेषताहरू हुन् ।


डिस्प्ले : ६.३ इन्चको फुल एच डी डिस्प्ले, गोरिल्ला ग्लास ५ ले सुरक्षित गरिएको
क्यामरा ( पछाडी ) : ४ वटा क्यामरा, ४८ मेगापिक्सल + ८ मेगापिक्सल अल्ट्रा वाइड + २ मेगापिक्सल म्याक्रो + २ मेगापिक्सल डेप्थ सेन्सर
सेल्फी क्यामरा: १३ मेगापिक्सल
प्रोसेसर : स्नापड्रागन ६६५ प्रोसेसर
र्याम : ४ जीबी र्याम
स्टोरेज : ६४ जीबी, मेमोरी कार्ड लाग्ने
ब्याट्री : ४००० mAh, दिनभर टिक्ने
चार्जर: १८ वाटको फास्ट चार्जर, USB C
अन्य : फिंगरप्रिन्ट स्क्यानर
बजार मूल्य : १९,०००

२. रिअल्मी ३

रिअल्मीले बिगतका केही समय देखि निकै नै राम्रा बजेट स्मार्टफोनहरू रिलिज गर्दै आएको छ । रिअल्मी ३ पनि सो बजेट स्मार्टफोनहरू मध्ये एक हो ।

डिस्प्ले : ६.२२ इन्च एचडी डिस्प्ले, गोरिल्ला ग्लास ३ ले सुरक्षित गरिएको
क्यामरा ( पछाडी ) : २ वटा क्यामरा, १३ मेगापिक्सल र २ मेगापिक्सल
 सेल्फी क्यामरा: १३ मेगपिक्सल
प्रोसेसर : हिलियो पी ६०
र्याम : ३ जीबी वा ४ जीबी
स्टोरेज : ३२ जीबी वा ६४ जीबी / मेमोरी कार्ड लाग्ने
ब्याट्री : ४२३० mAh , दुई दिन पनि टिक्न सक्ने
चार्जर: १० वाट चार्जर, फास्ट चार्ज होइन
अन्य : फिंगरप्रिन्ट स्क्यानर
बजार मूल्य : ३ जीबी - १६,६०० / ४ जीबी - २०,०००

३. रेड्मी ८

रेड्मी नोट ८ जस्तै देखिने तर निकै सस्तोमा उपलब्ध हुने मोडल हो रेड्मी ८ । आकर्षक डिजाइन, डबल क्यामरा र निकै ठूलो ब्याट्री नै यस स्मार्टफोनका मुख्य विशेषताहरू हुन् ।

डिस्प्ले : ६.२२ इन्चको एचडी डिस्प्ले
क्यामरा ( पछाडी ) : २ वटा - १२ मेगापिक्सल + २ मेगापिक्सल डेप्थ सेन्सर
 सेल्फी क्यामरा: ८ मेगापिक्सल
प्रोसेसर : स्नापड्रागन ४३९
र्याम : ४ जीबी
स्टोरेज : ६४ जीबी / मेमोरी कार्ड लाग्ने
ब्याट्री : ५००० mAh, दुई दिनसम्म टिक्ने
चार्जर: १८ वाटको फास्ट चार्जर
अन्य : फिंगरप्रिन्ट स्क्यानर, USB C
बजार मूल्य : नेरु १५,०००

४. ग्यालेक्सी ए २० एस

सामसंगका बजेट स्मार्टफोनहरू पनि निकै आकर्षक हुने गर्दछन् । डिजाइन र लुक्सको कुरामा निकै आकर्षक रहेको ग्यालेक्सी ए २० एस सामसंगको रेड्मी ८ लाई टक्कर दिने स्मार्टफोन हो ।

डिस्प्ले : ६.५ इन्चको एचडी डिस्प्ले
क्यामरा ( पछाडी ) : ३ वटा, १३ मेगापिक्सल, ८ मेगापिक्स अल्ट्रावाइड, ५ मेगापिक्सल डेप्थ सेन्सर
 सेल्फी क्यामरा: ८ मेगापिक्सल
प्रोसेसर : स्नापड्रागन ४५०
र्याम : ३ जीबी वा ४ जीबी
स्टोरेज : ३२ जीबी वा ६४ जीबी / मेमोरी कार्ड लाग्ने
ब्याट्री : ४००० mAh ब्याट्री, दिनभरि टिक्ने
चार्जर: १५ वाटको फास्ट चार्जर
अन्य : फिंगरप्रिन्ट स्क्यानर, USB C
बजार मूल्य : ३ जीबी - नेरु १९,००० / ४ जीबी - नेरु २०,०००

 

यसमा तपाईको मत