ग्याजेट विशेष

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

  नागरिक   2019-10-23

काठमाडौँ- सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । नयाँ ग्योलेक्सी 'एथर्टी एस'मा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको लागि तयार गरिएको जानकरी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 
ग्यालेक्सी 'एथर्टी एस' ले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यस फोनको डिजाइन गरिएको छ”, सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले जानकारी गराएको जनाएको छ।
 
ग्यालेक्सी 'एथर्टी एस' मा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् । यसमा ४००० एमएएच को शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ । यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरुका लागि तयरा गरिएको हो । यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्ने जनाएको छ।

ग्यालेक्सी 'एथर्टी एस' मा एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटि रहेको छ। प्रयोगकर्ताहरुलाई अझै बढी सुरक्षा प्रदान गर्न अन स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन ४ जिवि र १२८ जिबि मेमोरी का साथ उपलब्ध रहेको छ ।
 
ग्यालेक्सी 'एथर्टी एस' को ४ जिबि र १२८ जिबियुक्त सेटको खरिद मूल्य रु. ३१,८९०  रहेको छ । तिन आकर्षक रंगहरु प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेटमा उपलब्ध रहेको छ । यस फोन कार्तिक ३ गते देखि नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक आउटलेटहरुमा उपलब्ध रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।  
 

यसमा तपाईको मत