घरेलु उपकरण विशेष

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

  नागरिक   2018-10-09

सामसंगले यस वर्षको फ्ल्याग्शिप र आफ्नो पहिलो 8K रेजोलुसन भएको ८५ इन्च टिभी - मोडल Q900 - केहि अन्तराष्ट्रिय बजारमा उपलब्ध गराएको छ | अमेरिकामा यस टिभीको मूल्य १५,००० अमेरिकी डलर तोकिएको छ जुन नेपाली मुद्रामा १७ लाखभन्दा पनि बढी पर्न जान्छ |

सामसंगको उच्चस्तरीय QLED प्रविधिबाट बनेको यस टिभीमा ३ करोड ३० लाखवटा पिक्सल छन् | तुलनाका लागि एउटा फुल एचडी टिभीमा केवल २० लाख वटा पिक्सल हुन्छन् भने 4K टिभीमा ८२ लाख वटा | यसर्थ यो 8K टिभीमा फुल एचडीको तुलनामा १६ गुणा बढी र 4K को तुलनामा ४ गुणा बढी पिक्सलहरु छन् |

यो टिभीमा 4K मा भएका भिडियोलाई AI को मार्फत अपस्केलिंग गरेर 8K मा परिवर्तन गरेर देखाउने खुबी रहेको दाबी सामसंगले गरेको छ | यस कार्यका लागि सामसंगले यो टिभी भित्र भएको क्वानटम् प्रोसेसरको प्रयोग गर्ने छ |

यो टिभीमा रहेको एमबिएन्ट मोडले प्रयोगकर्तालाई टिभी पछाडीको भागलाई फोटो खिचेर उक्त फोटोलाई वालपेपर जसरी राख्ने विकल्प दिनेछ | यसबाट तल तस्विरमा देखाए जस्तै इफ्फेक्ट आउनेछ |

अझै पनि 4K को ट्रेन्ड राम्रो संग सेट नभएको समयमा यो 8K टिभीले कति चर्चा पाउछ भन्ने कुरा चाहिँ हेर्न बाकीं नै छ | अहिले 8K रेजोलुसनमा खासै धेरै भिडियोहरु पनि पाइदैनन् र कतिपय क्यामराहरुले सपोर्ट पनि गर्दैनन् | तर पनि पिक्सल र गुणस्तरको उत्साहीहरुले भने यसको आगमनलाई पक्कै मन पराउनेछन् | यो टिभी नेपाली बजारमा उपलब्ध होला कि नहोला भन्ने कुराको केहि जानकारी छैन |
 
यदि तपाई 4K टिभी पनि किन्ने कि नकिन्ने भन्ने दोधारमा हुनुहुन्छ भने यो लेख पढ्नुहोस् :

महँगो भएपनि 4K टिभी नै किन्ने त ?

 

यसमा तपाईको मत