ग्याजेट विशेष

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

    2019-06-24

 

काठमाडौँ– दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र आठ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरासहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा अद्वितीय रहेको विज्ञप्तिमा उल्लेख छ ।
ओपो एफ ११ प्रो सार्वजनिकको समयमा उपभोक्तालाई सगरमाथाकोे तस्बिरका साथ आयोजित ओपो टेन एक्स एभरेस्ट क्याम्पेन जस्तै यसपटक पनि रेनोको साथमा ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्बिर एक्स र एक्स जुममा खिचेर प्रस्तुत गरेको छ । 

यसमा तपाईको मत