ग्याजेट विशेष

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

  नागरिक   2019-10-23

काठमाडौं-ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत विक्रि आरम्भ गरेको छ ।
ओपो रेनोटू एफका लागि आयोजित फर्स्टसेल कार्यक्रममा नेपाली चलचित्र जगतकी अत्यधिक लोकप्रिय नायिका तथा ओपो नेपालकी ब्राण्ड फ्रेण्ड, स्वस्तिमा खड्काको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथा विशेष उपहार हस्तान्तरण गर्नुका साथै ईच्छुकसंग सेल्फी तथा तस्विर समेत खिचेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 
प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको जानकारी गराइएको छ ।

 
 

यसमा तपाईको मत