ग्याजेट विशेष

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

    2019-06-24

काठमाडौँ- नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी गरेको छ । उक्त प्रत्याभूतिले आफ्ना उत्पादनमा जिमेल, गुगलप्ले, गुगल म्याप, युट्युब, क्रोम र नन–गुगल एप, फेसबुक, ट्विटर, भाइबर, इन्स्टाग्राम र अन्य एप चलाउन सक्ने विषयलाई स्पष्ट पारेको जारी विज्ञप्तिमा उल्लेख छ । ह्वावे टेलिकम्युनिकेसन उपकरण उत्पादनमा विश्वमै सबैभन्दा ठूलो उत्पादक र सामसङपछिको दोस्रो ठूलो स्मार्टफोन उत्पादक भएको जनाउँदै कम्पनीका उत्पादनमा एन्ड्रोइड अपरेटिङ सिस्टमबाट गुगल हट्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भनेर ग्राहकलाई प्रत्याभूति दिलाउन खोजेको कम्पनीले जनाएको छ । जारी सेवा ह्वावेका आधिकारिक च्यानल पार्टनरमार्फत बिक्री हुने ह्वावे स्मार्टफोन र ट्याब्लेटमा लागू हुने कम्पनीको दाबी छ ।

यसमा तपाईको मत