ग्याजेट विशेष

सामसंग जे सिरिजको अन्त्य

  नागरिक   2019-04-11

सामसंगले यस वर्ष केहि संख्यामा सामसंग ए सिरिजका स्मार्टफोनहरू रिलिज गर्यो तर कुनै पनि जे सिरिजको स्मार्टफोन भने लन्च गरेन । सामसंगले हालै अपलोड गरेको भिडियोबाट सामसंग ग्यालेक्सी जे सिरिजको अन्त्य भएको जानकारी दिएको छ र उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । 

सामसंग जी सिरिज सामसंगको बजेट वा मिडरेन्ज स्मार्टफोनको सिरिज हो र सामसंगले जे सिरिज अन्तर्गत बिगतका केहि वर्ष देखि हरेक वर्ष थुप्रै संख्यामा स्मार्टफोनहरू रिलिज गर्दै आएको छ । सामसंगले केहि महिना अगाडी रिलिज गरेको एम सिरिज स्मार्टफोनले जे सिरिजको बजेट भागलाई समेट्ने छ भने सामसंगको ए सिरिज स्मार्टफोनले भने सामसंग जे सिरिजको मिडरेन्ज खण्डलाई समेट्ने छ । 

सामसंगको अहिलेको एम लाइनअपमा एम १०, एम २० र एम ३० मोडलहरू रहेका छन् । एम १० सबैभन्दा सस्तो मोडल हो भने एम ३० यस लाइनअपमा महँगो मोडल हो । नयाँ ए सिरिज अन्तर्गत सामसंगले ए २ कोर, ए  १०, ए २०, ए २० ई, ए ३०, ए ४०, ए ५०, ए ७० र ए ८० मोडलहरू रिलिज गरेको छ । ए ८० सबैभन्दा नयाँ र अब्बल मोडल हो जसमा स्लाइड भएर निस्कने क्यामरा राखिएको छ र उक्त क्यामरा सेल्फी खिच्ने बेलामा अगाडी घुम्छ । 

गत वर्ष रिलिज भएको ए सिरिज र जे सिरिजले नयाँ सफ्टवेयर अपडेट भने पाउनेछन् ।
 

यसमा तपाईको मत