ग्याजेट विशेष

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

  नागरिक   2019-03-06

टाइट बजेटमा हुनुहुन्छ ? स्मार्टफोनका लागि अधिकमा २० हजार रुपैयाँसम्म मात्र खर्च गर्न सक्नुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् । फ्ल्याग्शिप स्मार्टफोनको तुलनामा बजेट स्मार्टफोनका विविध कुरामा कटौती गरिए पनि साधारण दैनिक कार्यका लागि यी स्मार्टफोन पर्याप्त हुन्छन् । नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ । स्मार्टफोनको हालको बजार मूल्यका आधारमा यो सूची निर्माण गरिएको हो ।


१. सायोमी मि ए २ लाइट

सायोमीको निकै प्रचलित आयोमी मि ए सिरिजको नयाँ तर बजेट संस्करणका रुपमा रिलिज भएको यस स्मार्टफोन बजेट स्मार्टफोन खरिद गर्न चाहनेहरुका लागि निकै राम्रो विकल्प बन्ने छ । आकर्षक मेटलबाट बनेको डिजाइन, राम्रो डिस्प्ले, डबल क्यामरा सेटअप, नच सहितको फुलस्क्रिन डिस्प्ले र एन्ड्रोइड वान यसको विशेषता हुन् । यस स्मार्टफोनमा ५.८ इन्चको फुल एचडी डिस्प्ले, ३ जीबी र्याम, ३२ जीबी स्टोरेज,१२ र ५ मेगापिक्सल गरेर डबल क्यामरा र ४००० mAh को ठूलो ब्याट्री रहेको छ ।

यस स्मार्टफोनको नराम्रा पक्षको रुपमा यसमा राखिएको पुरानो प्रोसेसर रहेको छ । स्नापड्रागन ६२५ को परफरमेन्स राम्रै भएपनि यो प्रोसेसर निकै पुरानो भइसकेको छ । अर्को कमजोर पक्षका रुपमा यसको माइक्रो युएसबि पोर्ट रहेको छ । यस लगायत फास्ट चार्जिंगको सुविधा पनि राखिएको छैन ।

नेपाली बजार मूल्य: २०,०००

२. सामसंग एम २०

सामसंगले बजेट र मिडरेन्ज स्मार्टफोन प्रतिस्पर्धीहरुलाइ टक्कर दिनका लागि रिलिज गरेको स्मार्टफोन हो सामसंग ग्यालेक्सी एम २० । यसमा सामसंगको इन्फिनिटी भी अर्थात् पानीको थोपाको जस्तो नच रहेको छ । अगाडी ६.३ इन्चको फुलएचडी डिस्प्ले राखिएको छ । पछाडी १३ मेगपिक्सल र ५ मेगपिक्सल गरेर डबल क्यामराको सेटअप राखिएको छ । पछाडीको दोस्रो क्यामराले भने वाइड एन्गल फोटोहरु खिच्न सक्छ जुन यस मूल्यमा आउने स्मार्टफोनहरुले गर्न सक्दैनन् । सामसंगको आफ्नै प्रोसेसर, ३ जीबी र्याम र ३२ जीबी स्टोरेज भएको यस स्मार्टफोन चलाउदा केहि प्रकारको ढिला सुस्ती हुदैन । यसमा ५००० mAh को ठूलो ब्याट्री राखिएको छ जसले फास्ट चार्ज सपोर्ट गर्छ र चार्जिंगका लागि युएसबि सी को प्रयोग गरिएको छ ।

यस स्मार्टफोनको कमजोर पक्षका रुपमा यसको डिजाइन अर्थात् बडी पर्छ । सामसंगको यो स्मार्टफोन पुरै प्लास्टिकले बनेको छ जुन मेटल जतिको राम्रो हुदैन । स्मार्टफोन हालै रिलिज भएपनि यसमा चाहिँ एक वर्ष पुरानो एन्ड्रोइड संस्करणको प्रयोग गरिएको छ । सामसंगका अनुसार नयाँ एन्ड्रोइड अपडेट भने चाडै आउनेछ ।

नेपाली बजार मूल्य: १८,५००  

 

३. रिअलमी सी १


रिअलमीको बजेट स्मार्टफोन हो सी १ । यसमा हालै प्रचलनमा आएको  सानो नच राखिएको छ जसले गर्दा यस स्मार्टफोनको अगाडीको भाग निकै आकर्षक देखिन्छ । प्लास्टिकको बनोट रहेको यस स्मार्टफोन हेर्दा पनि आकर्षक छ । तर यो स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर भने छैन । अगाडी ६.२ इन्चको एचडी रेजोलुसनको आइ पी एस डिस्प्ले रहेको छ जुन यस मूल्यमा पर्ने स्मार्टफोनहरुको लागि सामान्य नै हो । भित्र ठीकै स्पिड भएको स्नापड्रागन ४५० रहेको छ भने यससंगै केवल २ जीबी र्याम र निकै थोरै १६ जीबी स्टोरेज रहेको छ । क्यामराको सेटअप मा १३ मेगापिक्सल + २ मेगापिक्सल मुख्य क्यामरा, ५ मेगापिक्सल सेल्फी क्यामरा रहेको छ । ब्याट्री भने ४२३० mAh को रहेको छ र फास्ट चर्जिंग भने छैन ।

नेपाली बजार मूल्य: १५,४९९

 

 

 

यसमा तपाईको मत