ग्याजेट विशेष

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

  नागरिक   2020-10-20

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११  रिलिज गरेको छ ।

नयाँ संस्करणको एन्ड्रोइडमा केही नयाँ र महत्त्वपूर्ण फिचरहरू थपिएको छ । ति फिचरहरूको जानकारी तल दिईएको छ :

१. 5G को पूर्ण सपोर्ट

पुराना एन्ड्रोइडको संस्करणले पनि फाइभ जी सपोर्ट गर्छन तर यस संस्करणबाट फाइभ जी सपोर्टले पूर्णता पाउने छ । यो नयाँ संस्करणमा नयाँ API हरू विकास गरिएको छ जसबाट एप निर्माताहरूले फाइभ जीको पूर्ण रूपमा प्रयोग गर्न सक्ने छन् ।


२. नयाँ स्क्रिनको प्रकारलाई सपोर्ट गर्ने

स्मार्टफोनको डिस्प्लेको आकार र साइज निकै नै धेरै परिवर्तन हुने गरेको छ । यस संस्करणले नच भएका डिस्प्ले लगायत साइडमा हुने डिस्प्लेहरूलाई पनि सपोर्ट गर्ने छ र उक्त साइडको स्क्रिनमा पनि विभिन्न जानकरीहरू देखाउन सक्नेछ ।

 

३. नयाँ प्रकारको सूचना केन्द्र ( Notifications )

हरेक एन्ड्रोइडको संस्करणमा जस्तै यस संस्करणमा पनि गुगलले नयाँ नोटिफिकेसन सिस्टम ल्याउने भएको छ । सूचना केन्द्रमा आएको सूचनाबाट नै तस्विर रिप्लाई गर्न मिल्ने, बबल सूचनाको प्रयोग हुने र अन्य साना सुधारहरू नयाँ संस्करणको सूचना केन्द्रमा आउने भएको छ ।

 

४. गोपनीयतामा सुधार

यस संस्करण पछि गुगल प्ले स्टोरबाट इन्स्टल गरिएका एप्सले बाहेक अन्य एप्सहरूले प्रयोगकर्ताको लोकेसन अर्थात् स्थानको जानकारी नपाउने भएका छन् । कुनै पनि एपले प्रयोगकर्तासँग बारम्बार लोकेसन, क्यामरा, माइक्रोफोन आदि जस्ता कुराहरू प्रयोग गर्नलाई अनुरोध गर्न पाउने छैन ।

 

५. स्क्रिन रेकर्ड फिचर

अब एन्ड्रोइड ११ मा पहिलेबाट नै स्क्रिन रेकर्ड गर्न मिल्ने फिचर आउन लागेको छ । सामसँग, साओमी आदि जस्ता निर्माताहरूले आफ्नै प्रकारको स्क्रिन रेकर्ड फिचर समावेश गर्दै आएका छन् । यस अपडेट पछि एन्ड्रोइडको आफ्नै स्क्रिन रेकर्ड फिचर प्रयोग गर्न सकिने छ ।

 

६. डार्क मोडमा सुधार

गत वर्षको संस्करणमा रिलिज भएको डार्क मोडमा केही सुधारहरू आएको छ । डार्क मोड अब अटोमेटिक अन हुने र अफ हुने बनाउन मिल्ने भएको छ । घाम डुब्ने बित्तिकै डार्क मोड सुचारु हुने र घाम उदाउने बित्तिकै डार्क मोड अफ हुने बनाउन मिल्ने छ ।

 

यसमा तपाईको मत