ग्याजेट विशेष

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

  नागरिक   2020-10-06

टाइट बजेटमा हुनुहुन्छ ? स्मार्टफोनका लागि अधिकमा ३० हजार रुपैयाँसम्म मात्र खर्च गर्न सक्नुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् । फ्ल्याग्शिप स्मार्टफोनको तुलनामा बजेट स्मार्टफोनका विविध कुरामा कटौती गरिए पनि साधारण दैनिक कार्यका लागि यी स्मार्टफोन पर्याप्त हुन्छन् । नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ । स्मार्टफोनको हालको बजार मूल्यका आधारमा यो सूची निर्माण गरिएको हो ।

 

१. नोकिया ७.२ ( Nokia 7.2 )

नोकियाको निकै आकर्षक र फिचरयुक्त स्मार्टफोन हो नोकिया ७.२ । गत वर्ष रिलिज भएको यस स्मार्टफोनलाई सस्तोडिलको वेबसाइट मार्फत केवल २४ हजारमा खरिद गर्न सकिन्छ । यसमा निम्न विशेषताहरू रहेका छन् :


डिस्प्ले : ६.३ इन्च IPS डिस्प्ले - २२८० x १०८० पिक्सल
क्यामरा ( पछाडी ) : तीनवटा क्यामरा - ४८ मेगापिक्सल, ८ मेगापिक्सल अल्ट्रा वाइड, ५ मेगापिक्सल डेप्थ सेन्सर
सेल्फी क्यामरा: २० मेगापिक्सल
प्रोसेसर : स्नापड्रागन ६६०
र्याम : ४ जीबी वा ६ जीबी
स्टोरेज : ६४ जीबी वा १२८ जीबी / मेमोरी कार्ड लाग्ने
ब्याट्री : ३५०० mAh
चार्जर: USB C को १० वाट चार्जर
अन्य : डबल सिम, फिंगरप्रिन्ट स्क्यानर
बजार मूल्य : नेरु २४०००

 


२. साओमी मि ए ३ ( Xiaomi Mi A3 )

स्टक एन्ड्रोइड र द्रुत अपडेट रुचाउनेहरूका लागि साओमीले आफ्नो निकै प्रचलित मोडललाई रिफ्रेश गरेको छ । यो मोडेलमा उच्चस्तरीय एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ तर उक्त डिस्प्लेको रेजोलुसन भने न्यून रहेको छ । अन्य प्राविधिक विवरणहरू यस प्रकारको रहेको छ :

डिस्प्ले : ६.०१ इन्च सुपर एमोलेड डिस्प्ले - ७२० x १५६०  पिक्सल
क्यामरा ( पछाडी ) : तीनवटा क्यामरा - ४८ मेगापिक्सल, ८ मेगापिक्सल अल्ट्रा वाइड, २ मेगापिक्सल डेप्थ सेन्सर
सेल्फी क्यामरा: ३२ मेगापिक्सल
प्रोसेसर : स्नापड्रागन ६६५
र्याम : ४ जीबी
स्टोरेज : ६४ जीबी वा १२८ जीबी / मेमोरी कार्ड लाग्ने
ब्याट्री : ४०३० mAh
चार्जर: USB C को १८ वाट चार्जर
अन्य : डबल सिम, फिंगरप्रिन्ट स्क्यानर
बजार मूल्य : नेरु २४०००

३. साओमी नोट ८ प्रो ( Xiaomi Note 8 Pro)

साओमीले निकै पहिले देखि नै थोरै बजेटमा उत्कृष्ट स्मार्टफोन विक्री गर्दै आएको छ । साओमीको नोट ८ प्रो पनि निकै नै रुचाइएको मिडरेन्ज स्मार्टफोन हो । फास्ट प्रोसेसर, निकै चम्किलो डिस्प्ले र उत्कृष्ट डिजाइनको साथै साओमी नोट ८ प्रो मा निम्न अन्य विशेषताहरू रहेकाछन् :

डिस्प्ले : ६.५३ इन्च IPS डिस्प्ले २३४० x १०८० पिक्सल
क्यामरा ( पछाडी ) : चारवटा क्यामरा - ६४ मेगापिक्सल, ८ मेगापिक्सल अल्ट्रा वाइड, २ मेगापिक्सल डेप्थ सेन्सर, २ मेगापिक्सल पोट्रेट
सेल्फी क्यामरा: २० मेगापिक्सल
प्रोसेसर : हेलियो G90T
र्याम : ६ जीबी
स्टोरेज : ६४ जीबी वा १२८ जीबी / मेमोरी कार्ड लाग्ने
ब्याट्री : ४५००  mAh
चार्जर: USB C को १८ वाट चार्जर
अन्य : डबल सिम, फिंगरप्रिन्ट स्क्यानर
बजार मूल्य : नेरु २७०००

४. सामसंग ग्यालेक्सी एम ४० ( Samsung Galaxy M40)

चाइनिज बजेट स्मार्टफोन निर्मातासँग टक्कर गर्नका लागि सामसंगले यस मोडललाई रिलिज गरेको हो । आकर्षक डिजाइन  र फास्ट प्रोसेसर सहित यो मोडलमा निम्न विशेषताहरु रहेको छ :

डिस्प्ले : ६.५३ इन्च IPS डिस्प्ले २३४० x १०८०   पिक्सल
क्यामरा ( पछाडी ) : चारवटा क्यामरा - ६४ मेगापिक्सल, ८ मेगापिक्सल अल्ट्रा वाइड, २ मेगापिक्सल डेप्थ सेन्सर, २ मेगापिक्सल पोट्रेट
सेल्फी क्यामरा: २० मेगापिक्सल
प्रोसेसर : स्नापड्रागन ६७५
र्याम : ६ जीबी
स्टोरेज : १२८ जीबी / मेमोरी कार्ड लाग्ने
ब्याट्री : ३५००  mAh
चार्जर: USB C को १८ वाट चार्जर
अन्य : डबल सिम, फिंगरप्रिन्ट स्क्यानर, हेडफोन ज्याक छैन
बजार मूल्य : नेरु २७०००

यसमा तपाईको मत