ग्याजेट विशेष

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

  नागरिक   2019-03-01

 

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । सानडिस्क र माइक्रोनले एक हजार जीबी क्षमता भएको मेमोरी कार्ड बजारमा उपलब्ध गराउने भएका हुन् ।

सानडिस्क र माइक्रोन दुवैले रिलिज गरेको १ टीबीको मेमोरी कार्डको प्रकार माइक्रो एसडी हुन् । यसर्थ यी मेमोरी कार्डहरु साधारण स्मार्टफोन र ट्याब्लेटहरुमा लाग्नेछन् । डिजिटल क्यामरा र कम्प्युटरमा यी मेमोरी कार्डलाई प्रयोग गर्नका लागि चाहिँ एड्यापटरको प्रयोग गर्नु पर्ने हुन्छ ।

सानडिस्कले रिलिज गरेको मेमोरी कार्डको UHS-I स्ट्यान्डर्डको हो । कम्पनीका अनुसार यो मेमोरी कार्ड सबैभन्दा फास्ट १ टीबी मेमोरी कार्ड हो । यस मेमोरी कार्डको स्पिड ९० मेगाबाइट प्रति सेकेन्ड राइट र १६० मेगाबाइट प्रति सेकेन्ड रिड रहेको छ । सानडिस्कले यससंगै ५१२ जीबी क्षमता भएको मेमोरी कार्ड पनि रिलिज गरेको छ । हजार जीबी क्षमता भएको मेमोरी कार्डको बजार मूल्य $४५० तोकिएको छ ।

माइक्रोनले रिलिज गरेको मेमोरी कार्ड पनि UHS-I स्ट्यान्डर्डको हो तर यो मेमोरी कार्ड चाहिँ सानडिस्कको तुलनामा केहि मात्रामा स्लो छ । माइक्रोनको मेमोरी कार्डको रिड स्पिड १०० मेगाबाइट प्रति सेकेन्ड रहेको छ भने राइट स्पिड ९५ मेगाबाइट प्रति सेकेन्ड रहेको छ । माइक्रोनका अनुसार यो मेमोरी कार्ड सानडिस्कको तुलनामा केहि सस्तो हुनेछ तर मूल्य भने हालमा खुलाईएको छैन ।

 

गत केहि वर्ष यता रिलिज भएका अधिकांस स्मार्टफोनहरुले २ टीबी सम्मको मेमोरी कार्ड सपोर्ट गर्न सक्छ । त्यसैले यो मेमोरी कार्ड तपाईंको स्मार्टफोनले पनि सम्भवतः सपोर्ट गर्नेछ ।

यसमा तपाईको मत