बजार संक्षेप

यी तीन प्रदेशः जसलाई सरकारले दुई वर्षभित्र अध्याँरोमुक्त बनाउँदैछ

    2019-05-30

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको उनले प्रष्ट पारेका छन्। बिहीबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी खतिवडाले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायतका समस्या समाधानमा जोड दिएको बताए। 

उनले आगामी २ वर्षभित्र प्रदेश नं २, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई अध्याँरोमुक्त बनाइने जानकारी दिए। बजेटले आगामी आर्थिक वर्षभित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अर्ब बजेटको व्यवस्था गरेको उनले बताए। सामुदायिक विद्यालय सुधार कार्यक्रम, ३ सय वटा सामुदायिक विद्यालय भवन निर्माण, युवालाई सिपमुलक तालिम, महिला हिंसा अन्त्यलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरेको बताए।

बजेटमा सडक सुधारका लागि डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ सडक सुधारका लागि कर लगाइएको बताए।

यसमा तपाईको मत