बजार संक्षेप

यती र तारा एयरले सगरमाथाको फोहर उठाउने

  नागरिक   2019-09-05

काठमाडौँ- सस कार्यक्रम (युएनगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकाडीपी) सँगको सहकार्यमा यती एअरलाइन्सले हालसम्म ४५ टन पुनःप्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहर संकलन गरिसकेको छ । 
पर्वतारोहण र पदयात्रा जस्ता गतिविधिबाट उत्पन्न भएको नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को सुरुआत १७ मार्च २०१८ बाट भएको थियो । 
दीगो विकास लक्ष्य (Sustainable Development Goal) अन्तर्गत जैविक विविधता संरक्षण––(SDG-15) र जलवायु परिवर्तन- (SDG-13) सँग सम्बन्धित प्रतिबद्धता स्वरुप यती एअरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनःप्रयोग गर्न मिल्ने फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ल्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो । यसका लागि सेप्टेम्बर २०१९ मा ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
सगरमाथा सफाइ अभियानका साझेदार संस्थाहरु सगरमाथा प्रदुषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गर्नेछन् ।  यसरी संकलन भएको फोहर तारा एयर मार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ । 
यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले  त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्नेछ भने  संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरण लगायत हुन्छन् । यी वस्तुहरुलाई ‘रिसाइकल’ गरी धातुका भाडाकुँडा  र निर्माण सामग्रीमा परिणत गरिने जानकारी गराएको छ। 

यसमा तपाईको मत