बजार संक्षेप

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

  नागरिक   2019-09-22

काठमाडौं– नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ । उक्त एक्स्पोको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामग्री जएउटै छानामुति समेटेर त्यसको प्रचारप्रसार एवं बिक्रीवितरण गर्ने उद्देश्यका साथ सुरु भएको उक्त मेला असोज ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा कपडा, होजियरी, सर्टिङ सुटिङ, निटिङ तथा स्थानीय गार्मेन्ट बनाउने तालिम दिनको लागि डिएफआइडीसँग सम्झैता समेत भएको संघले जनाएको छ ।
एक्स्पोमा नेपाली उत्पादकद्वारा उत्पादित गुणस्तरीय धागो, कपडा, सर्टिङ–सुटिङ होजियरी, स्वेटर सामान तथा स्थानीय गार्मेन्टको प्रदर्शन र बिक्री भइरहेको संघले जनाएको छ । 
 

यसमा तपाईको मत