बजार संक्षेप

यामाहाको नेकेड बाइक ‘एमटी१५’ सार्वजनिक

    2019-08-30

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’लाई औपचारिक रुपमा नेपालमा सार्वजनिक गरेको छ । नयाँ एमटी१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सिसीको फ्युलइन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भएक्च्युएसन’ (भिभिए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको कम्पनीले जनाएको छ ।
‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि संसारमै लोकप्रिय छन् । हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी१५ मा प्रयोग भएको फयुलइन्जेक्टेड इन्जिनले १०००० आरपिएममा अधिकतम १९.३ पिएस शक्ति र ८५०० आरपिएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी१५ ‘एजाइलएसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्स्ड डिजाइन’को सबैभन्दा उत्कृष्ट नमुना हो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित छ ।
नयाँ एमटी१५ मा भिभिए (भ्यारिएबल भल्बएक्चुएसन) प्रविधि प्रयोग गरिएको छ जसले कम र मध्यम ‘आरपिएम’मा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसले इन्जिनको पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ । त्यसैगरी, ‘ए एन्ड एस क्लच’ (असिस्ट एन्ड स्लिपर क्लच)ले गियर परिवतन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । 
नयाँ एमटी१५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबिए सहितको फ्रन्ट डिस्क छ जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । यसमा प्रयोग भएको सानो देखिने ‘बाई फंक्सनल’ हेडलाइट, भर्टिकल टेललाइटसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’तथा ‘फिनिस’ले एमटीको ‘एग्रेसिभ’ स्टाइललाई झल्काउँछ ।
नेपालमा यामाहा एमटी१५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपाली राइडरहरु अहिले ‘स्पिड’ र ‘कन्ट्रोल’प्रति निकै चनाखो छन् र यसकारण मोटरसाइकलिङको नयाँ ट्रेन्ड सुरु भइसकेको छ । यही परिप्रेक्षमा आएको नयाँ एमटी१५ले राइडरको रोमाञ्चकतालाई थप उचाइमा पु¥याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ । 
एमटी१५ को लुक्स र टेक्नोलोजी अन्तर्राष्ट्रिय बजारमा चर्चित एमटी डिएनएबाट प्रभावित छ । १३८ किलोग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । त्यसैगरी, ‘हाई आरपिएम’ स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ । 
 

यसमा तपाईको मत