बजार संक्षेप

साओमी फर्च्युनको ग्लोबल पाँच सय सूचीमा समावेश

    2019-07-28

काठमाडौं– साओमी कर्पोरेसनले नौ वर्षको पुनरावृत्तिपछि पहिलोपटक फच्र्युन ग्लोबल पाँच सय सूचीमा समावेश भएको घोषणा गरेको छ। 
चिनियाँ प्रविधि कम्पनी साओमी २०१९ का लागि फच्र्युन ग्लोबल पाँच सय सूचीको चार सय ६८औं स्थानमा पर्ने सबैभन्दा कम उमेरको कम्पनी भएको कम्पनीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत आर्थिक वर्षमा साओमीले २६ हजार चार यस ४३ मिलियन अमेरिकी डलर आम्दानी र २०४९.१० मिलियन अमेरिकी डलर बराबर मुनाफा कमाएको जानकारी गराउँदै इन्टरनेट सेवा र रिटेलिङ श्रेणीमा ७औं स्थानमा रहेको दाबी गरेको छ ।
स्मार्टफोन र स्मार्ट हार्डवेयरको साथमा इन्टरनेट अफ थिङ प्ल्याटफर्ममा आधारित अप्रिल २०१० मा स्थापना भएको इन्टरनेट कम्पनी साओमी पहिलोपटक जुनमा फच्र्युन चीन पाँच सय सूचीको ५३औं स्थानमा पर्न सफल भएको उल्लेख छ । 
 

यसमा तपाईको मत