बजार संक्षेप

एक्ससिएमजीकोे एस्काभेटर नेपालमा

  नागरिक   2019-10-23

काठमाडौं– एक्ससिएमजीको २२ टन भार क्षमताको एस्काभेटर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि एक्ससिएमजीको एकल आधिकारिक बिक्रेता आइडिएमसीले उक्त एस्काभेटर नेपाल ल्याएको हो ।
२१ हजार नौ सय अपरेटिङ वेट रहेको यो उपकरणमा इसुजुको आयातित इन्जिन जडान गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त मेसिनमा इन्जिन १७२ हर्सपावर क्षमताका साथै एक्सई २१५ सी एस्काभेटरमा मेकानिकल पम्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत