बजार संक्षेप

वर्ल्डलिंकको “अब हरेक टिभीमा यूट्युब”

    2019-07-24

काठमाडौँ-  वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ ।

यस सेवा अन्तर्गत वर्ल्डलिंकको नेटटिभी प्रयोगकर्ताहरुले अब आफ्नो टि.भी मार्फतनै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सकिने कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। यो सुविधा स्मार्ट टि.भीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध रहेको जनाएको छ। हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुकालागि ८० भन्दा बढी एच डी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ। अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युबमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ। यो सुविधा यटू्यबु स्क्रिन्लाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सकिने साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्न सजिलो हुने कम्पनीको दाबी छ।

यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध रहेको जानकारी समेत उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ। पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सकिने कम्पनीले जनाएको छ।

यसमा तपाईको मत