बजार संक्षेप

वल्र्डलिंकद्वारा नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९ शुरु।

    2019-06-02

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक “नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९“ आयोजना गरेको छ ।

प्रतियोगितामा काठमांडौबाट ८ वटा कलेज तथा काठमांडौ बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् । यस प्रतियोगिता जेष्ठ १७ ,२०७६ बाट शूरु भएर अषाढ १५, २०७६ सम्म संचालन हुनेछ ।

३० दिन सम्म संचालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने हुन्छ र सोही रणनितिहरु वल्र्डलिंकको निर्णायक मण्डलसामुु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने छ ।

यस प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप रु. २,५०,०००, दास्रो स्थान प्राप्त हुने कलेजलाई रु. १,००,००० र तेस्रो स्थान प्राप्त हुने कलेजलाई रु. ७५,००० प्रदान गरिने छ ।

यसमा तपाईको मत