बजार संक्षेप

नबिलको योजनामा नेक्स्ट भेन्चरको साथ

  नागरिक   2019-12-18

काठमाडौं– नबिल बैंकले साना तथा मझौला व्यवसायमा गर्दै आएको लगानीमा व्यवसायको दिगो विकासमा सहयोग पुराउने गरी नेक्स्ट भेन्चर कोर्पले सहयोग गर्ने जनाएको छ । राजधानीमा बैंकले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा नबिल बैंक र नेक्स्ट भेन्चरका प्रतिनिधिले आफ्ना योजनाबारे जानकारी गराए । 
बैंकले उद्यममार्फत सरकारको आर्थिक विकासमा सहयोग पुग्ने गरी साना तथा मझौला उद्यम (एसएमई) योजनामार्फत छिटो र सहज तरिकाले ऋण प्रवाह गर्ने जानकारी दिएको छ । यो योजनाले दुई करोडभन्दा साना योजनामा न्यूनतम ब्याजदरमा लगानी सहयोग गर्ने जानकारी दिएको छ । नेक्स्ट भेन्चरले व्यावसायीले चासो देखाएको अवस्थामा व्यवसाय प्रवद्र्धनमा सहयोग गर्नेछ ।
 

यसमा तपाईको मत