बजार संक्षेप

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

  नागरिक   2019-12-13

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । जाडोको समयलाई मध्यनजर गर्दै कम्पनीले शुक्रबारदेखि आगामी मंसिर २९ सम्मलाई उक्त योजना सञ्चालन गर्न लागेको जनाएको छ ।
सो अवसरमा टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एचफाइभ, नेक्सन, टियागो, टिगोर, एनआरजी लगाएत गाडी अवलोकन तथा टेस्ट ड्राइभका साथै जुनसुकै ब्रान्डका गाडी एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा छुट, डोर प्राइज, गाडी सजावटका सामान, बिमा सुविधा, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएत विशेष आकर्षण रहेको कम्पनीले जनाएको छ । थापाथलिस्थित सोरुमबाट उक्त सेवा लिन सकिने जनाइएको छ । 
 

यसमा तपाईको मत