बजार संक्षेप

सिटी एक्सप्रेसका विजेता घोषित

  नागरिक   2020-01-10

काठमाडौं– सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६– न यति न उति सिधै लखपति’ योजनाको विजेता घोषणा भएको छ ।
साउदी अरबको अरब नेसनल बैंक – टेलिमनीबाट पैसा पठाउने जागेश्वर भुस्कुलिया यादवले बम्पर उपहार जितेको कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत उनले १० लाख रुपैयाँकोे जितेका छन् ।
उपहार योजना अवधिभर दैनिक उपहार योजना अन्तर्गत नौ सयजनाले दुई सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रुपमा १२ जनाले १० हजार नगद र तीनजनाले एक लाख रुपैयाँ प्राप्त गरिसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
सिटीले आफ्नो उपभोक्ताका लागि दसैं, तिहार र छठलाई लक्षित गर्दै यस योजनाको सार्वजनिक गरेको जनाएको छ । योजना मंसिर ३० गते सम्पन्न भएको थियो । हाल सिटीले विश्वभरका रेमिट एजेन्टबाट ७५ सयभन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

यसमा तपाईको मत