बजार संक्षेप

नेपाल बंगलादेश बैँकद्धारा व्हीलचियर हस्तान्तरण

  नागरिक   2020-02-03

काठमाडौँ- नेपाल बंगलादेश बैँकले बालाजु औधोगिक छेत्र स्थित रहेको इन्फिनिटी ल्याब्समा बनिएको १० वटा व्हीलचियरहरु सिआईएल काठमाडौँद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको थियो । बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरु प्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिने जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। बैँकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव श्री गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दे बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हीलचियर हिड्नु सरह नै हो र यसले उहाँहरुको दैनिक जीवनको गतिशीलतामा सहज पुर्याउने विश्वास दिलाउनु भयो । साथै नेपाली भई नेपालमै बनेका सामानलाई प्राथमिक्ता दिँदा देशको आर्थिक वृद्धि र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत