बजार संक्षेप

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा न्याना सामान

  नागरिक   2020-01-06

काठमाडौं– विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सहयोगमा बाराको मुसहर बस्तीमा न्याना सामान वितरण गरिएको छ । 
बाराको महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तेलकुवाको वडा नम्बर २ र ७ को मुसहर बस्तीका प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरेको जनाइएको छ ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले राहत सामग्री वितरण गरेकोे कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत