बजार संक्षेप

चेपाङ विद्यार्थीलाई न्यानो कपडा

  नागरिक   2020-01-08

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ –– सिप्रदियन सहायता संस्थाले चेपाङ विद्यार्थीलाई न्यानो कपडा तथा अन्य सामग्री वितरण गरेको छ । 
चितवनको रत्ननगरस्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई ज्याकेट, टोपी तथा जुत्ता वितरण गरिएको जारी विज्ञप्तिमा जनाइएको छ । सिप्रदियन सहायता संस्थाका प्रतिनिधि रजत श्रेष्ठ तथा विमल गौतमले  विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षकलाई सामग्री हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सो विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीले आफूलाई कक्षाकोठा तथा विद्यालय र क्षेत्रीय स्तरमा आयोजित अतिरिक्त क्रियाकलापमा अब्बल साबित गरिरहेका र अधिकांश चेपाङ विद्यार्थी एसइई परीक्षा राम्रो अंक ल्याई उत्तीर्ण हुँदै आएको संस्थाले जनाएको छ । 
हालै संस्थाले टाटा ट्रस्ट इन्डियासँगको साझेदारीमा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपाल्चोक जिल्लास्थित विद्यालय तथा स्वास्थ्य चौकी हस्तान्तरण गरिसकेको छ । 
 

यसमा तपाईको मत