बजार संक्षेप

भायानेटको ‘बडा स्पिड, बडा टिभी’ अफर

  नागरिक   2021-10-01

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले बडादबैंमा ‘बडा स्पिड, बडा टिभी योजना’ सार्वजनिक गरेको छ। बडादसैंमा आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिन भायानेटले यो अफर ल्याएको जनाएको छ।

यस अफरअन्तर्गत भायानेटका नयाँ तथा पुराना ग्राहकले भायानेटको सुपर स्पिड इन्टरनेट र एक सय ७५ प्लस च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नेछन्।

साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एन्ड्रोइड टिभी बन्डल गरेको छ। यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन सकिनेछ।

यसमा तपाईको मत