बजार संक्षेप

गाडी कर्जा सम्झौता

    2019-07-28

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र द हबी अटो ट्रेडिङ वीरगन्जबीच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र कम्पनीका अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले इस्कर्ट कम्पनीको ब्याकहो लोडर तथा हेभी इक्विप्मेन्टको आधिकारिक बिक्रेता द हबी ट्रेडिङबाट नयाँ ब्याकहो लोडर तथा हेभी इक्विप्मेन्ट किन्न चाहेमा सम्झौताअन्तर्गत खरिद रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा बैंकका शाखा कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ । 
 

यसमा तपाईको मत