भिडियो

बजारमा तरकारीको भाउ छुनै नसकिने ! ( भिडियो रिपोर्ट )

  नागरिक   2019-07-26

काठमाडौं-   बजारमा यतिबेला तरकारीको मूल्य वृद्धि भएको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता कुराले बजारमा तरकारीको भाउ छुनै नसकिने स्थितिमा पुगेको हो।

बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगाएतका थुप्रै तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन गुणासम्म  बृद्धि भएको छ।

प्राय बर्षातको समयमा तरकारीको भाउ बढ्ने गर्छ। सामान्य भन्दा धेरै पानी पर्नाले तरकारी ढुवानी गर्न कठिनाई भएका कारण भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। 

अहिले नेपालमा आयात हुने हरिया तरकारीहरु आन्तरिक स्रोतबाटै आउने गरेको छ। त्यसमा पनि मनसुनले आएको पहिरो र बाढीका कारण बाटो भत्कदा र जिर्ण अवस्था हुँदा तरकारी आयात गर्न नसकेको उनी बताउँछन्। 

यसरी कालिमाटी तरकारीले औसत मूल्य तोकिदिएको भए पनि बाहिर खुद्रामा बेच्दा पसलेहरुले  चर्को पैसा लगाउने गरेका छन्।

 सूचना अधिकारीका अनुसार यो मौसममा आलु र प्याजमा भने भारतकै भर पर्नुपर्नेकाले धेरै लामो समयसम्म आयात नभएर  समस्या हुने गरेको छ। यस्तै हरियो तरकारीको भाउ हदै भन्दा बढेको छ,  भान्सामा दिनहु चाहिँने तरकारीको मूल्य दिनदिनै बढ्दै गएको छ। 
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको भाउ तोकिदिएको भएपनि बजारमा व्यापारीहरुले मनपरी रुपमा मूल्य लगाउने गरेका छन्। यसरीउपभोत्ताको ढाड सेकिने गरी तरकारीमा भएको  मूल्य वृद्धिबारे सम्बन्धित निकायले समय मै चासो दिई अनुगमन गर्नुपर्नेमा जोड दिन्छन्, श्रेष्ठ।  

यसमा तपाईको मत