बजार संक्षेप

भैरव टेक्नोलोजी टप १५ औं स्थानमा

  नागरिक   2021-09-29

नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१ औं स्थानमा परेको छ भने एसियाका उत्कृष्ट १५ स्थानमा परेको छ।

सन् २०१८ मा नेपालमा स्थापित भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ। भैरव टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एसओसीको साइबर थ्रेट मनिटरिङ सिस्टमद्वारा कम्पनीलाई साइबर सुरक्षा प्रदान गर्दछ।

नेपालमै बनेको र विभिन्न प्रावधानबाट प्रयोगमा ल्याइएका भैरवका इन–बिल्ट सफ्टवेयर भैरव सिटिएमएसले आर्टिफिसियल इन्टेलिजेन्स थ्रेट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्सको संयोजनबाट कम्पनीहरूको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखी वर्षभर नै उच्चस्तरीय साइबर सुरक्षा दिने कार्य गर्दै आएको छ।

यसमा तपाईको मत