बजार संक्षेप

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

  नागरिक   2019-09-22

काठमाडौं– नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत सहकार्य गर्दै नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको जनाएको छ ।

इ–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु गरिएको हिमालन आर्ट फेस्टिभल, नेपाली चित्रकलाका उत्कृष्ट संकलन र प्रदर्शनी हो । फेस्टिभलले नेपाली समकालीन नेपाली कलाप्रति व्यापक, समावेशी र समग्रात्मक दृष्टिकोण प्रदर्शन गर्छन, पेन्टिङ, पौभा, मूर्तिकला, स्थापनाकला (इन्टलेसन), फोटो, प्रिन्ट मेकिङ, सेरामिकसहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्य प्रदर्शनका साथै प्रत्यक्ष प्रदर्शन पनि गराइरहेको छ ।
संस्थाले यस वर्षदेखि एक निपुण कलाकारलाई कला उस्तादका रूपमा सम्मानित गर्ने जनाएको छ । यस्ता सम्मानित कलाकारको कला एक खण्डमा प्रर्दशित गरिनेछ । यस वर्ष हिमालयन आर्ट फेस्टिभलमा नेपाली कला परिदृष्टलाई समृद्ध तुल्याउनका लागि कला उस्ताद उत्तम नेपालीको दृढ संकल्पक र बहुमूल्य योगदानका लागि प्रख्यात कलाकार उत्तम नेपालीलाई सम्मानित गरिने संस्थाले जनाएकोे छ ।
उनका पेन्टिङले केही परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिको संश्लेषण गर्ने गरेको जनाइएको छ । उनका केही सिर्जनाले अभिव्यक्ति, अमूर्ततता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृष्यकलाबिचको भावनात्मक निकटता अनुभूति झल्काउने उल्लेख छ ।


 

यसमा तपाईको मत