बजार संक्षेप

प्राइम बैंकको एकीकृत कारोबार सुरु

  नागरिक   2019-09-16

काठमाडौं– प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । 
बैंकका अध्यक्ष राजेन्द्रदाश श्रेष्ठले एकीकृत कारोबार सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठकै सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर, दुवै संस्थाका सञ्चालक र बैंकका कर्मचारी उपस्थित थिए । 
बैंकले विभिन्न वित्तीय संस्था मर्जर÷प्राप्ति समेत गरी आफ्नो पुँजी बढाउने योजनाअन्तर्गत कन्काई प्राप्त गरेको जनाएको छ । अब प्राइमको चुक्ता पुँजी ९.६८ अर्ब रुपैयाँ, निक्षेप ८८.०३ अर्ब र कर्जा ८०.२८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । शाखा संख्या ९५ पुगेको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत