बजार संक्षेप

युनाइटेड सिमेन्टको लक्की ड्र सम्पन्न

  नागरिक   2019-10-02

काठमाडौं– युनाइटेड सिमेन्टस् प्रालिको ‘युनाइटेड सिमेन्टस्को उपहार, सररर कार’ ग्राहक योजना अन्तर्गतको लक्की ड्र सम्पन्न भएको छ । 
वैशाखदेखि असार मध्यसम्म लागू उक्त योजनाअन्तर्गत पाँच जोडीले दुबई भ्रमण र एकजनाले बम्पर उपहारस्वरुप हुन्डाई स्यान्ट्रो कार पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
लक्की ड्र अनुसार कुपन नम्बर १५७८७ ले स्यान्ट्रो कार जितेको छ । कुपन नम्बर २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ ले दुबई भ्रमण उपहार विजेता बनेको कम्पनीले जनाएको छ । कम्पनीले विजेतालाई कुपनको अर्धकट्टी र परिचयपत्र सहित कात्तिक ३० गतेभित्र युनाइटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरी उपहार दाबी गरिसक्न सुझाएको छ । 
 

यसमा तपाईको मत