बजार संक्षेप

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

  नागरिक   2019-12-09

काठमाडौं– तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ ।
यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जर भई २०७६ असार ३१ गतेदेखि तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट कारोबारको हुँदै आएको थियो । 
एकै क्षेत्रका विकास बैंक मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्यसाथ यस क्षेत्रका बैंकले सहमति पत्रमा हस्ताक्षर गरेको छोटो समयमा नै सम्पूर्ण प्रक्रिया सकेर एकीकृत कारोबार थालेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 
तिनाउ मिसन डेभलपमेण्ट बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिपकुमार श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरे रहने पनि बैंकले जनाएको छ । मर्जरपछि बैंकको शाखा संख्या ६२ पुगेको छ । 


 

यसमा तपाईको मत