बजार संक्षेप

प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड बीच  समझदारी

  नागरिक   2019-12-19

काठमाडौँ- नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्ताव सहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा एक समारोह बिच प्रभु क्यापिटल लिमिटेडका सञ्चालक श्री भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष श्री एल पी भानु शर्माले हस्ताक्षर गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त समारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष श्री देवि प्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु श्री रमेश सिंह खडका, श्री अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक/प्रवर्दकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक/प्रवर्दकहरुहरुको उपस्थिती रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने जनाइएको छ। हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागी अगाडी बढाईएको र यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको कम्पनीले जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 


 

यसमा तपाईको मत