बजार संक्षेप

चितवनमा सिन्धु बैंकका थप दुई शाखा

  नागरिक   2019-10-03

चितवन– सिन्धु विकास बैंकले बुधबार चितवनमा दुई शाखा विस्तार गरेको छ । बैंकले चितवनको नारायणगढ बजार र भरतपुरको लाहुरे चोकमा शाखा विस्तार गरेको हो । योसमेत चितवनमा यो बैंकको शाखा संख्या पाँच पुगेको छ । यसअघि बैंकले टाँडी, विकास चोक र पर्सामा शाखा खोलेर बैंकिङ सेवा दिइरहेको छ । 
बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ती शाखाको शुभारम्भ गरे । उनले चितवन विकासको तीव्र गतिमा अघि बढेकाले बैंक शाखा विस्तारले यस क्षेत्रका उद्योगी, व्यवसायी र स्थानीयलाई फाइदा पुग्ने बताए । ‘बैंक चितवनको आर्थिक विकासमा साझेदारी गर्न चाहन्छ,’ उनले भने । 
बैंकका निमित्त कार्यकारी अधिकृत प्रमोद न्यौपानेले बैंक आफ्नो सेवा विस्तारलाई केन्द्रमा राखेर अघि बढेको बताए । उनका अनुसार बैंकले छिट्टै चितवनकै चनौली र मकवानपुरको हेटौंडामा शाखा विस्तार गर्ने तयारी थालिसकेको छ । बैंकका १९ शाखा छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा केन्द्रीय कार्यालय रहेको बैंकको काभे्रको बनेपामा कर्पोरेट कार्यालय छ । मेलम्ची, खाडिचौर, चरिकोट, चौतारा, दोलालघाट, जलवीरे, मुडे, सिंगटी, पर्सा, पालुङ लगायत विभिन्न जिल्लामा शाखा छन् । 
 

यसमा तपाईको मत