बजार संक्षेप

काठमाडौंमा सिटिजन्सका थप दुई शाखा

  नागरिक   2019-10-03

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा काठमाडौंको लामबगर र सिनामंगलमा शाखा विस्तार गरेको छ ।
उक्त शाखा उद्घाटनको क्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले निक्षेप तथाकर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधासहित ८४ शाखा, ७९ एटिएम र एक सय दुुई शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।


                                                                        
 

यसमा तपाईको मत