बजार संक्षेप

सिद्धार्थ बैंकका नेपालगञ्जमा दुई शाखा

  नागरिक   2020-02-06

काठमाडौं– सिद्धार्थ बैंकले बाँककोे न्यूरोड र बीपी चोकमा शाखा विस्तार गरेको छ ।
बैंकको न्यूरोड शाखाको उद्घाटन नेपालगञ्ज उप-महानगरपालिकाका उप-मेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटा तथा र बीपी चोक शाखाको नेपालगञ्ज उप-महानगर पालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले तीन एक्स्टेन्सन काउन्टरसहित एक सय ८०  शाखा, एक सय एक शाखा रहित बैंकिङ सेवा, दुई सय तीन एटिएम र १६ सय भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ सेवा दिदै आएकोे छ ।

यसमा तपाईको मत